काठमाडौँ । प्रतिनिधिसभा विघटनपछि विभाजित नेकपाको दाहाल-नेपाल समूहले विगतमा भएका कमीकमजोरी, वर्तमान अवस्था र भविष्यको कार्ययोजनासहित प्रतिबद्धता पत्र जारी गर्ने भएको छ । त्यसका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन भएको छ ।
कमिटीमा भिम रावल, घनश्याम भुसाल, रघुजी पन्त, सुरेन्द्र पाण्डे, वर्षमान पुन, जनार्दन शर्मा, लिलामणी पोखरेल, बेदुराम भुसाललगायत सदस्य छन् ।
माघ २६ गते बसेको सचिवालय बैठकले श्रेष्ठको संयोजकत्वमा कमिटी बनाएको थियो । संयोजक श्रेष्ठका अनुसार २६ गते नै कमिटीको पहिलो बैठक बसेर प्रतिबद्धतापत्रमा समेट्ने विषयमा सामान्य छलफल भएको थियो । उनका अनुसार बुधबार कमिटीको दोस्रो बैठक बस्ने छ ।