घाइते सावित्राले बाँकी खेल गुमाउने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

घाइते सावित्राले बाँकी खेल गुमाउने


४ फाल्गुन २०७७, मंगलबार


काठमाडौँ । खेलका क्रममा घाइते भएपछि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबका महत्वपूर्ण खेलाडी सावित्रा भण्डारीले बाँकी खेल गुमाउनेछिन् ।

एपिएफलाई राष्ट्रिय महिला लिग फुटबलको उपाधि नजिक पु¥याउन भूमिका निर्वाह गरेकी भण्डारी सोमबार नेपाल पुलिस क्लबविरुद्धको खेलमा घाइते भएकी थिइन् । खेलको ६९औँ मिनेटमा पुलिसका गोलकिपर उषा नाथसँग ठोक्किएपछि उनघाइते हुँदै मैदानबाट बाहिरिएकी हुन् । उनको खुट्टामा चोट लागेको छ ।

एमआरआई रिपोर्ट आएपछि मात्रै कति समय मैदानबाहिर बस्ने भन्ने बारेमा थाहा हुने एपिएफका मुख्य प्रशिक्षक भगवती थापाले जानकारी दिइन्।

हरेकजसो खेलमा गोल गर्दै आएकी भण्डारीले सोमबार भने गर्न गोल गर्न सकेनन् । उनले हालसम्म १० खेलमा ४३ गोल गरेकी छन् । महिला लिगमा हालसम्म कुनै पनि खेलाडीको यही नै उत्कृष्ट खेल प्रदर्शन हो । एपिएफले हालसम्म शतप्रतिशत नतिजा निकाल्दै १० खेलमा ३० अङ्क जोडेको छ ।

एपिएफ लिगको शीर्ष स्थानमा रहँदै उपाधि नजिक पुगेको छ । अब एक खेल जितेमा उपाधि जित्ने देखिन्छ । त्रिभुवन आर्मी क्लबले १० खेलबाट २५ अङ्क जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा छ ।

सोमबारको खेलमा एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । एपिएफले अब बुधबार विराटनगरसँग प्रतिस्पर्धा गर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस