२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षक श्रेष्ठ हत्या प्रकरण : विप्लवसहित ४२ जनाविरुद्ध मुद्दा दर्ता

अ+ अ-

विराटनगर । मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको आरोपमा विप्लवसहित ४२ जनाविरुद्ध जिल्ला अदालत मोरङमा अपहरण तथा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।

मिक्लाजुङ गाउँपालिका–१, सरस्वती आधरभूत विद्यालयका प्रधानाध्यापक ५३ वर्षीय श्रेष्ठको हत्या आरोपमा दर्ता भएको मुद्दामाथि मंगलबारदेखि थुनछेक बहस सुरु हुने जिल्ला अदालत मोरङले जानकारी दिएको छ ।

शिक्षक श्रेष्ठलाई चन्दा नदिएको र सुराकी गरेको आरोपमा चन्द समूहका ६ जना कार्यकर्ताले घरबाट अपहरण गरी जंगलमा लगेर मंसिर २३ गते हत्या गरेका थिए । प्रहरीले अनुसन्धानपपछि ४२ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा पेस गरेपछि सोमबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।

प्रतिवादी ४१ जनामध्ये एक जनामात्रै पक्राउ परेका छन् । शिक्षक हत्या आरोपमा चन्द समूहका मोरङ इन्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विकलाई चन्दा उठाउने क्रममा प्रहरीले पक्राउ गरेको छ ।

मिक्लाजुङ गाउँपालिका–१, सरस्वती आधरभूत विद्यालयका प्रधानाध्यापक ५३ वर्षीय श्रेष्ठ

सम्बन्धित समाचार  : विप्लव समूहले लियो शिक्षक हत्याको जिम्मा

यस्तै अन्य प्रतिवादीहरुमा संखुवासभाको मादी नगरपालिका–४, का ३५ वर्षीय विक, कपिलवस्तुको शिवराज नगरपालिका–९ का ५३ वर्षीय विप्लव भनिने नेत्रविक्रम चन्द, रोल्पाको थवाङ गाउँपालिका–१ का ५२ वर्षीय विशम भन्ने सन्तोष बूढामगर, कालीकोटको नरहरिनाथ गाउँपालिका–६ का ५२ वर्षीय खड्गबहादुर विश्वकर्मा, जाजरकोटका ४२ वर्षीय दीपक चलाउने रहेका छन् ।

सम्बन्धित समाचार  : मोरङमा एक शिक्षकको गोली हानी हत्या

यसैगरी मोरङको केराबारी– ६ का ४५ वर्षीय प्रताप भन्ने थमनसिंह राई, खोटाङ साकेला–१ का ४१ वर्षीय शैलेश भनिने चन्द्रबहादुर बुढाथोकी, झापाको गौरीगञ्ज–१ का २६ वर्षीय सञ्जय राई, भोजपुरको षडानन्द नगरपालिका–२ का ४६ वर्षीय विवश भन्ने पुष्पलाल चौलागाई, धनकुटाको सहिदभूमि गाउँपालिका–१ का ३३ वर्षीय दर्शन भन्ने नवीन राई, धनकुटाको पाख्रिबास नगरपालिका–२ का २६ वर्षीय दर्शन थापा भन्ने विशाल मगर, काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–५ का ५४ वर्षीय आकाश भन्ने माधव गौतम, सखुवासभाको चैनपुर–४ मैदानेका ३० वर्षीय उत्तरकुमार राई भन्ने युवराज राई, भोजपुरको ट्याम्केमैयुम– ७ का ४१ वर्षीय भीम भन्ने कुमार राईलाई प्रतिवादी बनाइएको छ।

खोटाङको दिपरुङ्चुइचुम्मा गाउँपालिका–७ का ४३ वर्षीय सञ्जीव मगर, सोलुखुम्बुको महाकुलुङ–१ गाईखर्कका ३६ वर्षीय ङवाङनुरु भन्ने पेम्बा शेर्पा, ओखलढुङ्गाको लिखु–७ का ३१ वर्षीय अमृत सागर भन्ने योगेन्द्र बस्नेत, गोर्खाको अजिरकोट गाउँपालिका–३ का ४१ वर्षीय शिलु भन्ने उमा भुजेल, झापाको दमक–२ का ३० वर्षीय सुमनसिंह पौडेल, सोलुखुम्बुको सोताङ–१ का ३५ वर्षीय बालकुमार राई भन्ने राकेश राई, भोजपुरको रामप्रसाद राई गाउँपालिका–४ दलेगाउँका २५ वर्षीय चाम्स भन्ने मिलन राई, सखुवासभाको चैनपुर–४ मैदानेका २२ वर्षीय नाती भन्ने बासन राई, ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ का २२ वर्षीय अखिल भन्ने मनोज भुजेल, वडा नम्बर–१ का २३ वर्षीय लुङ्गा भन्ने सुदम लुङखिम्बाविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ ।

यस्तै, भोजपुरको पौवादुङ्मा गाउँपालिका–३ का २६ वर्षीय उमेश खत्री, ताप्लेजुङको मिक्वाखोला ५ का २९ वर्षीय संग्राम भन्ने पूर्णबहादुर लिम्बू, धनकुटाका २४ वर्षीय आशिष भन्ने विक्रम राई, मोरङको मिक्लाजुङ–१ का २२ वर्षीय बिर्जुम भन्ने श्रीमान् राई, ताप्लेजुङको मिक्वाखोला–१ का २५ वर्षीय विशाल लिम्बू, ताप्लेजुङको फक्तालुङ गाउँपालिका–२ का २५ वर्षीय संगम आङदम्बे, भोजपुरको पौवादुङ्मा–४ का २४ वर्षीया अनुष्का राई, ताप्लेजुङका २५ वर्षीय हेतु साउदेन, इलामको देउमाई नगरपालिका–७ का ३६ वर्षीय मौसम भन्ने जितमान राई, ४५ वर्षीय अविनाश भन्ने डम्बर मगर र मिक्लाजुङ–८ का ४५ वर्षीय महावीर भन्ने जितेन्द्र महराविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

शिक्षक श्रेष्ठको गत मंसिर २३ गते घाँटी रेटेर हत्या गरेको अवस्थामा घरदेखि ५ सय मिटरमा बर्खेको जंगलमा शव भेटिएको थियो । श्रेष्ठको हत्यको जिम्मा चन्द नेतृत्वको नेकपाले लिएको थियो ।

प्रतिक्रिया दिनुहोस