विप्लव समूहले लियो शिक्षक हत्याको जिम्मा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विप्लव समूहले लियो शिक्षक हत्याको जिम्मा


२३ मंसिर २०७७, मंगलबार


एसिड

काठमाण्डौ । विप्लव समूहले मोरङमा भएको शिक्षक हत्याको जिम्मेवारी लिएको छ । मङ्गलबार राति एक विज्ञप्ति जारी गर्दै विप्लव समूहले शिक्षकको हत्याको जिम्मेवारी लिएको हो ।

मृतक श्रेष्ठले आफ्नो समूहविरुद्ध विभिन्न गतिविधि गरेको, जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अपरेशन सञ्चालन गरेको र आफ्नो समूहका कार्यकर्ताका घरघरमा प्रहरी पठाएर आतङ्कित पारेको विज्ञप्तिमा भनिएको छ ।

पटक-पटक सम्झाउँदा पनि शिक्षक राजेन्द्र श्रेष्ठले आक्रमण गर्न खोज्दा प्रतिकारको रूपमा उनको ज्यान गएको विज्ञप्तिमा उल्लेख छ ।

मङ्गलबार बिहान सात बजेको समयमा आएका विप्लव समूहले मिक्लाजुङ १ बर्खेमा रहेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस