२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिम्रौनगढका प्रमुख प्रशासकीय अधिकृतसहित ३ कर्मचारी प्रहरी नियन्त्रणमा

अ+ अ-

वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना कर्मचारी किर्ते हस्ताक्षर गरी माइन्युट गरेको आरोपमा पक्राउ परेका छन् । प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाल, योजना अधिकृत जितेन्द्र प्रसाद यादव र लेखा अधिकृत सर्वेन्द्र चौधरीलाई पक्राउ परेका हुन् ।

योजना अधिकृत यादव र लेखा अधिकृत चौधरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो भने प्रमुख प्रशासकीय अधिकृत जयसवाललाई प्रहरीले आइतबारदेखि नियन्त्रणमा राखेको छ । नगर प्रमुख विजय शंकर यादवसँग यसअघि नै बयान लिइसकिएको प्रहरीले जनाएको छ ।

उनीहरु विरुद्ध किर्ते हस्ताक्षर मुद्धामा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

वडा सदस्य कपिलदेव प्रसाद साह लगायत ५ जना नगर सभा सदस्यले ०७७ असार ८ गते सम्पन्न नगर सभामा आफूहरुको हस्ताक्षर किर्ते गरेको आरोप लगाउँदै मुद्धा दर्ता गराएका थिए । तर फरेन्सिक ल्याबमा पाँचै जनाको हस्ताक्षर जाँच गराउँदा एक जनाको मात्रै किर्ते भएको पाइएको स्रोतले जनाएको छ । त्यसैलाई आधार मानेर प्रहरीले मुद्दा अदालतमा पेस गर्ने तयारी गरिरहेको छ ।