काठमाडौँ । अदालतको अवहेलना मुद्धामा चार जना पूर्व प्रधानन्यायाधीशले सर्वोच्चमा लिखित जवाफ पेश गरेका छन् । पूर्वप्रधानन्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले आज आफै उपस्थित भएर सर्वोच्चमा लिखित जवाफ पेश गरेका हुन् ।
पूर्व प्रधानन्यायाधीश शर्माले आफ्नो छुट्टै लिखित जवाफ पेश गरेका छन् भने अरु तीन जनाले संयुक्तरुपमा लिखित जवाफ पेश गरेका हुन् ।
प्रतिनिधिसभा विघटनको विरुद्धमा संयुक्त वक्तव्य जारी गरेपछि चार पूर्व प्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलनाको मुद्दा परेको थियो ।
त्यसको प्रारम्भिक सुनुवाइ गर्दै माघ १५ मा न्यायाधीश मनोज शर्माको इजलासले बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।







