२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पन्त र कार्कीलाई इन्जा खोज पत्रकारिता पुरस्कार 

अ+ अ-

काठमाडौँ । नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) द्वारा स्थापना गरिएको खोजी पत्रकारिता पुरस्कार (२०२०) नागरिक दैनिकका सम्वाददाता टपेन्द्र कार्की र लोकान्तर डटकमका समाचार सम्पादक सुशील पन्तलाई प्रदान गरिने भएको छ । एक लाख रुपैयाँ राशिको सो पुरस्कार पत्रकार कार्की र पन्तलाई सयुंक्तरुपमा प्रदान गर्न लागिएको हो ।

पत्रकार कार्कीले नेपाल प्रहरीमा लत्ताकपडा खरिदसम्वन्धमा भएको अनियमितता सम्बन्धी समाचार र पत्रकार कार्कीले कोरोना विपत्तिको समयमासमेत सांसद र उनीहरूका पीएले दशैँं भत्ता लिएका समाचारलाई प्रकाशन गरेका थिए ।

समाचार माध्यमहरूको लगातारको निगरानीपछि छानविन हुँदा नेपाल प्रहरीमा लत्ताकपडा खरिदमा अनियमितता भएको पुष्टि भएको थियो भने सांसदहरूले दशैँंभत्ता फिर्ता गर्न बाध्य भएका थिए ।

इञ्जाद्वारा गठित निर्णायक समितिले प्राप्त आवेदनहरू मध्येबाट पत्रकार कार्की र पत्रकार पन्तको समाचारलाई उत्कृष्ट ठहर गरेको थियो ।

सोलुखुम्बुमा जन्मिएका पत्रकार कार्कीले २०६० सालदेखि विभिन्न साप्ताहिक पत्रपत्रिकामा काम गर्दै २०६४ सालमा राजधानी दैनिकबाट पत्रकारितालाई थप गति दिएका थिए । उनले हाल नागरिक दैनिकमा सुरक्षा, अपराध, सुशासन र राजनीतिक बिटमा निरन्तर रिपोर्टिङ गर्दै आएका छन् ।

गुल्मीमा जन्मिएका पत्रकार पन्तले रेडियो पत्रकारिताबाट करियर सुरु गरेका हुन् र हाल उनी लोकान्तर डटकममा संसद्, सरकार, सुशासन लगायत थुप्रै विषयमा आफ्नो कलम चलाउँदै आएका छन् ।

मार्च १ मा काठमाडौँमा आयोजना हुने विशेष समारोहमा यो पुरस्कार प्रदान गरिने छ ।

इञ्जाले यसअघि उत्कृष्ट साहित्यिक कृति पुरस्कार (२०२०) साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीद्वारा लिखित संस्मरणात्मक कृति कोटेश्वरको केटोलाई प्रदान गने  निर्णय गरिसकेको छ भने इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार भोलि घोषणा गरिने इञ्जाले जानकारी गराएको छ ।