२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विराट राजाको दरबारको गुरुयोजना बन्ने

अ+ अ-

विराटनगर । विराटनगर महानगरपालिकाले विराट राजाको दरबार बनाउने अभियानलाई पूर्णता दिन अन्तिम कसरत गरिरहेको छ । यसका लागि पुरातात्विक विभागसँगको सहकार्यले मूर्तरूप पाउने अपेक्षा गरिएको छ । महानगरले आइतबार पुरातात्विक विभागका पदाधिकारी तथा विराटनगरका विज्ञसँग सुझाव सङ्कलनसमेत गरेको छ ।

पुरातत्वका विषयमा दखल राख्नेले बनाएको गुरुयोजनामाथि विभिन्न धार्मिक तथा बौद्धिक व्यक्तित्वले बहस गरेका छन्। लेखक तथा पुरातात्विक संरक्षण अभियानकर्मी लोकेन्द्रकुमार मल्ल, पण्डित भवानी शङ्कर निरौला, लक्ष्मीनारायण मन्दिर पाञ्चालिका पीठाधीश अच्युत प्रपन्नाचार्य, धार्मिक वक्ता रामानुज नेपाल, वास्तुविद् तथा शहरी योजनाकार पुरुषोत्तम डङ्गोल, शहरी योजनाकार उनम प्रधान, नेकपाका युवा नेता सागर थापा, नेपाली कांग्रेस नगरका कार्यवाहक सभापति अरुण न्यौपाने, साहित्यकार तथा समालोचक दधिराज सुवेदी, उद्योगी तथा व्यवसायी सुजन थापालगायतले आआफ्ना सुझाव दिएका थिए ।

महानगरपालिका प्रमुख भीम पराजुलीले विराट राजाको दरबारको संरक्षणसहित विकास गर्ने मुख्य योजनाका रूपमा अगाडि बढेको जानकारी दिए । पुरातात्विक महत्वका वस्तुलाई आधुनिकतासँग जोडेर त्यस क्षेत्रको विकास गर्ने योजना रहेको प्रमुख पराजुलीले उल्लेख गरे । आफ्नो कार्यकालमा यो अभियानको शुरुआत गर्ने भन्दै प्रमुख पराजुलीले उत्खननबाट फेला परेका विराट राजासँग सम्बन्धित वस्तुको सङ्ग्रहालयदेखि आधुनिक सुविधासहितको पार्क, खानपानका लागि व्यवस्थित फुडस्टल र विराटकालीन इतिहासको प्रदर्शन गर्ने डिजिटल हललगायत संरचना निर्माण गर्ने लक्ष्य महानगरले राखेको बताए ।

कार्यक्रममा विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेल, विराटराजाको दरबार निर्माण समितिका संयोजक सुरेन्द्र गोल्छा, जसपाका नगर अध्यक्ष मो नसरुल, वडाध्यक्षहरु विनोद बस्नेत, देवेन्द्र पोखरेल, राजदेव यादव, धार्मिक अभियानकर्मी अनन्त पराजुलीलगायतको सहभागिता रहेको थियो ।

प्राचीन राजदरबारको भग्नावशेष र यसको ऐतिहासिकता महाभारतकालीन भएको मानिन्छ । धार्मिक ग्रन्थमा समेत यो क्षेत्रबारे वर्णन छ । पाण्डव वनवासपछि एक वर्ष गुप्तवासका लागि विराट राजाको दरबारमा आई बसेका थिए । उस बेलाको ३०÷४० कोठाको दरबार र मन्दिर जमीनमुनि रहेको विश्वास गरिन्छ । यसको सम्पूर्णरूपमा उत्खनन भने भएको छैन । प्रमुख पराजुलीकै पहलमा पुरातत्व विभागले सूचीमा दर्ज भने गरेको छ । यसको निर्माणका लागि पुरातत्व विभागले पूर्णरूपमा अनुमति दिनुपर्ने हुन्छ । त्यसका लागि अन्तिम प्रयास भइरहेको छ । विराट राजाको दरबारलाई संरक्षण, सम्वर्द्धन गर्न तथा यसको आधुनिकतासँग जोड्न बृहत् गुरुयोजना बनाउने र विज्ञको सुझावका आधारमा काम थाल्ने गरी प्रयास भइरहेको बताइएको छ । विराटनगर रानी भन्सारदेखि केही पूर्व भेडियारीस्थित रहेको सो दरबार उचित संरक्षण, हेरचाह तथा लगानीको पर्खाइमा छ ।