मायै मायाको रास दिन्छु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मायै मायाको रास दिन्छु


२ फाल्गुन २०७७, आइतबार


मायै मायाको रास दिन्छु, आज म तिमीलाई ।
अरू दिनभन्दा खास दिन्छु, आज म तिमीलाई ।

थाहा छ छैन तिमीलाई, आज के दिन हो !
मेरो प्रेमको छुट्टै आभास दिन्छु, आज म तिमीलाई ।

पहिले कहिल्यै नभाको यस्तो, नौलो छ अनुभव,
सास फेर्न प्रेमकै बतास दिन्छु, आज म तिमीलाई ।

कति म मात्रै भनी रहने, माया गर्छु म तिमीलाई भनी !
आई लभ यूभन्ने साहस दिन्छु, आज म तिमीलाई ।

मायै-माया छरी तिमीलाई, प्रणय दिवसको दिन,
अनौठो मज्जा झक्कास दिन्छु, आज म तिमीलाई ।

Tags :
प्रतिक्रिया दिनुहोस