संसद विघटन विरुद्ध कांग्रेसले भोली देशभर प्रदर्शन गर्ने, प्रदर्शनमा सहभागि हुन सभापतिद्वारा अपिल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

संसद विघटन विरुद्ध कांग्रेसले भोली देशभर प्रदर्शन गर्ने, प्रदर्शनमा सहभागि हुन सभापतिद्वारा अपिल


२ फाल्गुन २०७७, आइतबार


काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले भोली पुस ३ गते देशभर प्रदर्शन गर्ने भएको छ । गत पुस छ गते सरकारको सिफरिसमा राष्टपति विद्यादेवि भण्डारीद्वारा गरिएको प्रतिनिधिसभा विघटन असंवैधानिक रुपमा भएको भन्दै देशभर विरोध प्रदर्शन गर्ने भएके हो ।

पार्टी सभापति शेरबहादुर देउवाले आइतबार विज्ञप्ति जारी गरी सरकारको असंवैधानिक कदमविरुद्धको प्रदर्शनमा सहभागि हुन सबैलाई अपिल गरेका छन्।

‘संसद् विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेस एवं भातृसंस्था र शुभेच्छुक संस्थाले पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गतेको विरोध प्रदर्शन व्यापक सहभागिता साथ सम्पन्न भएका छन्’ विज्ञप्तिमा भनिएको छ,‘अब भोलिको प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपिल गर्दछु।’

विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ऐक्यबद्धता प्रकट गर्न देउवाले अपिल गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस