नेकपाद्वारा चौंथो चरणको आन्दोलन घोषणा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेकपाद्वारा चौंथो चरणको आन्दोलन घोषणा


२ फाल्गुन २०७७, आइतबार


काठमाडौँ। प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा गरिएको असंवैधानिक नियुक्तिविरुद्ध सडक आन्दोलन गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चौथो चरणको आन्दोलन घोषणा गरेको छ ।

नेकपा केन्द्रीय संघर्ष समितिले आज (आइतबार) पत्रकार सम्मेलन गरी फागुन ६ गते प्रतिगमन, महंगी र महिला हिंसाको विरोधमा मानव साङ्गोले टुँडिखेल घेर्ने घोषणा गरेको छ ।

९ गते उपत्यका र बाहिर सबै जिल्लामा महिलाहरुको प्रदर्शन गर्ने पनि उसले बताएको छ । यसअघि नेकपाले गत माघ १३ देखि २८ गतेसम्म तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस