सपना रोका मगरले दिइन् विनयजंग बस्नेतविरुद्ध प्रहरीमा जाहेरी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सपना रोका मगरले दिइन् विनयजंग बस्नेतविरुद्ध प्रहरीमा जाहेरी


२ फाल्गुन २०७७, आइतबार


काठमाडौँ। बीबीसीको एक सय प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले विजयजंग बस्नेतविरुद्ध प्रहरीमा उजुरी दिएकी छन् ।

बस्नेतले आफ्ना नांगा तस्वीर देखाई दिने धम्की दिएको भन्दै १८ वर्षीया सपनाले आज (आइतबार) महानगरीय प्रहरी परिसर काठमाडौँमा उजुरी दिएकी हुन् ।

बस्नेतले नांगा तस्वीर देखाई दिने धम्की दिएको भन्दै सपनाले अभद्र व्यवहारको मुद्दामा उजुरी दर्ता गराएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिएका छन् ।

उनका अनुसार बस्नेत अहिले काठमाडौँ बाहिर रहेको र प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ । बस्नेतले युट्युब च्यानलमा आफूसँग सपनाका नग्न तस्वीरहरू पेनड्राइभमा भएको बताएका थिए । उनले ती सामाग्रीहरू सार्वजनिक गर्ने धम्की दिएका थिए ।

यसअघि सपना र बस्नेतले बेवारिसे शव जलाउने काम थालेका थिए । उनीहरुले आफुहरुबिच बाबु छोरीको सम्बन्ध स्थापित गरेको र बस्नेतले सपना आफ्नो धर्म छोरी रहेको बताउदै आएका थिए । म्याग्दीबाट काठमाडौँ आएकी सपना बस्नेतसँगै बस्थिन् । सोही क्रममा उनीहरूबीच तिक्तता आएको थियो । गत कात्तिकमा बस्नेतलाई छोडेर सपना घर फर्किएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस