तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा चालिसे विजयी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा चालिसे विजयी


२ फाल्गुन २०७७, आइतबार


काठमाडौँ । दाङको तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा केपी ओली र दाहाल-नेपाल समूहको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका रामप्रसाद चालिसे विजयी भएका छन् ।

यसैगरी वाणिज्य उपाध्यक्षमा तत्कालीन माओवादी निकट मिनराज भण्डारी र खुला उपाध्यक्षमा तत्कालीन एमाले निकट रुपबहादुर खत्री विजयी भएका छन् ।

प्रगतिशील प्यानलबाट उम्मेदवारी दिएर अध्यक्षमा निर्वाचित चालिसेले ८२९ मत पाए । ओली निकट चालिसेले अर्का प्रत्यासी हिमाल बस्नेतलाई ३४ मतले हराए । उद्योग उपाध्यक्ष पदमा भने प्रजातान्त्रिक प्यानलका ललितजंग शाह विजयी भएका छन् । उनले ८६० मत पाए । उनका निकटतम प्रतिस्पर्धी यज्ञबहादुर केसीले ७ सय १८ मत पाए ।

वाणिज्य उपाध्यक्ष निर्वाचित तत्कालीन माओवादी निकट भण्डारीले ९७१ मत पाएका छन् । उनका प्रतिस्पर्धी गोकर्ण गिरीले ६०३ मत पाए ।

नेपाल कम्युष्टि पार्टी देशभर विभाजित अवस्थामा पुगेको बेला तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनमा भने ओली र दाहाल नेपाल समूह संयुक्त प्यानल बनाएर प्रजातान्त्रिक समूहसँग चुनाव लडेका थिए । केसीले पदाधिकारीहरुमध्ये सबैभन्दा धेरै मत पाएर विजयी भए ।

Tags :
प्रतिक्रिया दिनुहोस