जनयुद्ध दिवस मनाउन भन्दै चौरजहारी नगरपालिकाले दियो दुई दिन सार्वजनिक बिदा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जनयुद्ध दिवस मनाउन भन्दै चौरजहारी नगरपालिकाले दियो दुई दिन सार्वजनिक बिदा


१ फाल्गुन २०७७, शनिबार


काठमाडौँ । चौरजहारी नगरपालिका रुकुम(पश्चिम)ले दुई दिन सार्वजनिक बिदाको घोषणा गरेको छ ।

महान जनयुद्ध सुरुवात भएको दिनको अवसरमा भन्दै फागुन एक र दुई गते सार्वजनिक बिदा दिएको हो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर के.सी.द्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘महान जनयुद्ध सुरुवात भएको दिनको अवसरमा यही २०७७/११/०१ र २०७७/११/०२ गते सार्वजनिक बिदा दिई उक्त दिनलाई भव्यताका साथ मनाउने भन्ने जिल्ला सभा रुकुम(पश्चिम)को मिति २०७७/१०/१६ गतेको निर्णय एवं चौरजहारी नगरपालिकाको मिति २०७७/१०/२९ गतेको ६६औँ बैठकको निर्णयानुशार मिति २०७७ फागुन १ र २ गते यस चौरजहारी नगरपालिकाभर सार्वजनिक बिदा दिइएको ब्यहोरा निर्णयानुशार अनुरोध छ ।’

हेर्नुहोस् पत्र

 

Tags :
प्रतिक्रिया दिनुहोस