शुक्रबार थप १२७ जनामा कोरोना पुष्टि, १३६ जना संक्रमणमुक्त « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

शुक्रबार थप १२७ जनामा कोरोना पुष्टि, १३६ जना संक्रमणमुक्त


३० माघ २०७७, शुक्रबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घन्टामा ४ हजार पीसीआर परीक्षण भएकोमा १२७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ५५७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १३६ जना कोरोना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार ७९६ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ५४ पुगेको छ।

हाल देशभर १ हजार ७ सय ७ सक्रिय संक्रमित रहेका छन्। ६२ जनाको कोरोना संक्रमितको आईसियुमा तथा १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

 

Tags :
प्रतिक्रिया दिनुहोस