महिला हिंसा र दण्डहीनता अन्त्यको माग गर्दै नागरिक आन्दोलनको विरोध प्रदर्शन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

महिला हिंसा र दण्डहीनता अन्त्यको माग गर्दै नागरिक आन्दोलनको विरोध प्रदर्शन


३० माघ २०७७, शुक्रबार


काठमाडौँ । महिलामाथिका हिंसा र विभेदविरूद्धका घटनाको विरोध गर्दै बृहत नागरिक आन्दोलनको अगुवाईमा काठमाडैमा प्रदर्शन गरेको छ ।

वृहत नागरिक आन्दोलनले मुलुकका विभिन्न ठाउँमा भएको महिला हिंसा  एवं प्रतिगमनको विरुद्ध महिला हिंसा र दण्डहीनता अन्त्यको माग गर्दै शुक्रबार काठमाडौँमा प्रदर्शन गरेको हो।

वसन्तपुरबाट सुरु भएको प्रदर्शन न्युरोड(रत्नपार्क(भद्रकालीसम्म पुगेको थियो। प्रदर्शनमा सरकारविरुद्ध एकोहोरो शंख बजाउनुका साथै सहभागीले ‘बलात्कारीलाई फाँसी दे’ ‘हत्यारालाई कारबाही गर्’ लगायतका नारा लगाएका थिए।

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनापछि महिला हिंसा र दण्डहीनता अन्त्यको माग गर्दै दिनहुँ प्रदर्शन भइरहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस