झूटो र अनुचित सामग्री प्रसारण गरेको आरोपमा चीनमा बीबीसी टेलिभिजन प्रसारणमा रोक  « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

झूटो र अनुचित सामग्री प्रसारण गरेको आरोपमा चीनमा बीबीसी टेलिभिजन प्रसारणमा रोक 


एजेन्सी

३० माघ २०७७, शुक्रबार


बेइजिङ । चीनले बीबीसी वर्ल्ड सर्भिस टेलिभिजनको प्रसारणमा प्रतिबन्ध लगाएको छ । ‘झूटो’ र ‘अनुचित’ सामग्री प्रसारण गरेको भन्दै बीबीसी वर्ल्ड न्युजलाई चीनमा प्रसारणमा रोक लगाइएको चिनियाँ राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

हालैका आफ्ना रिपोर्टहरुमा बीबीसीले कोरोना महामारी र शिनजियाङमा विगर मुसलमानहरुमाथि शोषण भइरहेको भन्दै आलोचनात्मक सामग्री प्रसारण गरेको थियो । बेलायतको विदेश मन्त्रालय विज्ञप्ति जारी गर्दै चीनमा इन्टरनेट र मिडयामाथि कडा प्रतिबन्ध लागू भएको बताएको छ । बेलायती विदेश मन्त्रालयले चीनको पछिल्लो निर्णयले विश्वसामु उसको छवि गिराउने प्रतिक्रिया दिएको छ ।

गएको हप्ता बेलायती सञ्चारमाध्यम नियामक निकाय अफकमले चीन सरकारको नियन्त्रणमा रहेको सीजीटीएन टेलिभिजनको प्रसारण लाइसेन्स निलम्बित गरेको थियो । त्यसैको प्रतिक्रियास्वरुप चीनले बीबीसीको वर्ल्ड सर्भिसमाथि प्रतिबन्ध लगाइएको विश्लेषण गरिएको छ । बीबीसीले चिनियाँ राष्ट्रियता र राष्ट्रिय एकतालाई अवमूल्यन गर्दै सामग्री प्रसारण गरेको पनि चिनियाँ अधिकारीले आरोप लगाएका छन् ।

बीबीसीका एशिया एडिटरले चीनमा बीबीसी वल्र्ड सर्विस टिभिको प्रसारण रोकिनुले धेरै असर नपर्ने बताएका छन् । चीनमा यसअघि पनि यो च्यानल अधिकतम मानिसहरुका लागि उपलब्ध नरहेको उनको दाबी छ । बीबीसीले चीनले टेलिभिजन प्रसारणमा रोक लगाइएको घटनाप्रति खेद व्यक्त गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस