सुनको मुल्य ६ सयले घट्यो, तोलाको कति पुग्यो ? « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सुनको मुल्य ६ सयले घट्यो, तोलाको कति पुग्यो ?


३० माघ २०७७, शुक्रबार


सुन

काठमाडौँ । शुक्रबार सुनको मुल्य प्रतितोला ६ सय रुपैयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य बिहीबार ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको मुल्य घटेर ९० हजार ९ सय रुपैयाँमा कायम गरिएको छ ।

त्यस्तै आज (शुक्रबार) का लागि तेजावी सुनको कारोबार मूल्य ९० हजार ४ सय रुपैयाँ कायम गरिएको महासंघले जनएको छ ।

यसैगरी चाँदीको प्रतितोला मूल्य ५ रुपैयाँले बढेको छ । बिहीबार १३१५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ शुक्रबारका लागि १३२० रुपैयाँ कारोबार मूल्य कायम भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस