पर्सामा बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप, दुई प्रहरी जवान घाइते « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पर्सामा बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप, दुई प्रहरी जवान घाइते


३० माघ २०७७, शुक्रबार


काठमाडौँ । पर्सामा सशस्त्र प्रहरी र बालुवा तस्करबीच झडप भएको छ।

बालुवा तस्करी भइरहेको सूचनाका आधारमा पुगेको सशस्त्र प्रहरी टोली र तस्करबीच झडप भएको हो। झडपमा परी सशस्त्र प्रहरीका दुई जवान घाइते भएका छन्।

घाइते भएका जवान मुकेश यादव र अयुव यादवलाई नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको प्रदेश २ का सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले बताए।

उनका अनुसार पिडारीगुठी र महादेवपट्टीको बोर्डर आउट पोस्टबाट प्रहरी टोली तस्करी नियन्त्रणका लागि गएका थिए।

जगन्नाथपुर गाउँपालिका-१ को ओरिया खोलामा बालुवा झिक्न नेपालपट्टीको दसगजा क्षेत्रमा आएका तस्करहरूसँग प्रहरीको झडप भएको थियो।

तस्करहरूले बेल्चा प्रहार गर्दा प्रहरी घाइते भएको गौतमले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस