काठमाडौँका यी स्थानमा फागुन १ र २ गते बिजुली बन्द हुने (सूचनासहित) « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

काठमाडौँका यी स्थानमा फागुन १ र २ गते बिजुली बन्द हुने (सूचनासहित)


३० माघ २०७७, शुक्रबार


काठमाडौँ । काठमाडौँका विभिन्न क्षेत्रमा शनिबार र आइतबार विजुली अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणको बाानेश्वर वितरण केन्द्रले फागुन १ गते (शनिबार) र २ गते (आइतबार)काठमाडौँका विभिन्न स्थानमा डेढ घण्टादेखि तीन घण्टासम्म विद्युत् बन्द गरिने जानकारी गराएको छ ।

सार्वजनिक सूचनाअनुसार साँखु, गोठाटार र कोटेश्वर फिडरअन्तर्गत शनिबार तथा कपन फिडरअन्तर्गत आइतबार विद्युत बन्द गरिने भएको हो । जसअनुसार साँखु फिडरअन्तर्गतका क्षेत्रमा शनिबार बिहान ११ बजेदेखि दिउँसो २ः३० बजेसम्म विद्युत काटिनेछ भने गोठाटार फिडरअन्तर्गतका क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो १२ः३० बजेसम्म र कोटेश्वर फिडरअन्तर्गतका क्षेत्रमा दिउँसो १ः३० बजेदेखि अपह्न ४ः३० सम्म विद्युत काटिने जनाइएको छ ।

कपन फिडरअन्तर्गतका क्षेत्रमा आइतबार बिहान ११ बजेदेखि दिउँसो १ः३० बजेसम्म विद्युत बन्द गरिनेछ । बाानेश्वर वितरण केन्द्रका अनुसार सडक विस्तार भइरहेकाले केही घण्टा विद्युत आपूर्ति बन्द गर्नुपर्ने भएको हो ।

सूचना:

Tags :
प्रतिक्रिया दिनुहोस