समायोजन मिलान गर्न चाहने स्वास्थ्यका कर्मचारीसँग निवेदन माग, मापदण्डसहित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

समायोजन मिलान गर्न चाहने स्वास्थ्यका कर्मचारीसँग निवेदन माग, मापदण्डसहित


३० माघ २०७७, शुक्रबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समायोजन नभएका, भएका र मिलान गर्न चाहने कर्मचारीसँग निवेदन माग गरेको छ। इच्छुक कर्मचारीले फागुन १ देखि १६ गतेसम्म समायोजन र मिलानका लागि निवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै स्वास्थ्य सेवाका यस अघि समायोजन भएका वा समायोजन हुन बाँकी रहेका र यस अघि निवेदन दिएका वा नदिएका कर्मचारीको समायोजन तथा मिलान गरिने भएकाले इच्छुक कर्मचारीलाई अनलाइन निवेदन पठाउन भनेको हो ।

मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जारी भएको ‘कर्मचारी समायोजन मिलान सम्बन्धी मापदण्ड, २०७७’ मा व्यवस्था भएअनुसार समायोजन तथा मिलान गरिने मन्त्रालयले जनाएको छ ।

यसका लागि मन्त्रालयले स्वास्थ्य सेवाका कर्मचारीका लागि ‘स्वास्थ्य सेवाका कर्मचारीहरूको समायोजन मिलान सम्बन्धी व्यवस्थाहरू, २०७७’ समेत ल्याएको छ। समायोजनका लागि निवेदन दिन चाहने कर्मचारीहरूले स्वास्थ्य मन्त्रालयको वेबसाइटमा रहेको उक्त व्यवस्था अनुसार नै तोकिएको ढाँचा अनुसार निवेदन दिन पनि सूचित गरेको छ।

निवेदकले समायोजन भएको र समायोजन भई जान इच्छुक भएको तहको तोकिए बमोजिम ढाँचामा सहमति पत्र र यस अघि समायोजन भएको समायोजनको पत्र पनि निवेदनका साथ पेस गर्नुपर्ने बताइएको छ।

यस्तो छ स्वास्थ्य सेवाका कर्मचारीहरूको समायोजन मिलान सम्बन्धी व्यवस्था

Tags :
प्रतिक्रिया दिनुहोस