झाँक्रीलाई बिनासर्त रिहाइको माग गर्दै मिश्रले सोधे : ओलीलाई कानुन लाग्छ कि लाग्दैन ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

झाँक्रीलाई बिनासर्त रिहाइको माग गर्दै मिश्रले सोधे : ओलीलाई कानुन लाग्छ कि लाग्दैन ?


२९ माघ २०७७, बिहिबार


काठमाडौँ — विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले रामकुमारी झाँक्रीलाई बिनासर्त रिहा गर्न माग गरेका छन् ।

आज बिहिबार दाहाल-नेपाल नेतृत्वको नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको आरोपमा पक्राउ परेपछि अध्यक्ष मिश्रले झाँक्रीलाई बिनासर्त रिहाइको माग गर्दै रसातलको राजनीति सफा नगरेसम्म घटना बदलिने तर प्रवृत्ति नबदलिने बताएका छन् ।

उनले झाँक्रीका शब्दभन्दा ओलीका कर्म बढी आपत्तिजनक र दीर्घकालीन रुपमा घातक हुने उल्लेख गर्दै उनलाई कानुन लाग्छ कि लाग्दैन भनेर प्रश्‍न समेत गरेका छन् ।

मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जब देशको नेतृत्व गर्नेहरूले राजनीतिको समग्र स्तरलाई रसातलमा पुर्‍याउँछन्, न तिनको शब्दमा शिष्टता हुन्छ, न कर्ममा कानुन हुन्छ। रसातलको राजनीतिलाई सफा नगरेसम्म घटना बदलिन्छ, प्रवृत्ति बदलिँदैन। झाँक्रीका शब्दभन्दा ओलीका कर्म बढी आपत्तिजनक र दीर्घकालीन रुपमा घातक छन्। उनलाई कानुन लाग्छ कि लाग्दैन?’

उनको ट्वीट:

 

Tags :
प्रतिक्रिया दिनुहोस