नेकपा नेतृ झाँक्री पक्राउको विरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

नेकपा नेतृ झाँक्री पक्राउको विरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट


२९ माघ २०७७, बिहिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीको पक्राउ विरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ ।

बिहीबार अपराध महाशाखाको टोलीले राज्यविरुद्धको कसुरमा नेतृ झाँक्रीलाई पक्राउ गरेको थियो । उनी पक्राउ परेको केही घण्टामै सर्वोच्च अदालतम बन्दी प्रत्यक्षीकरणको रिट परेको हो ।

यस्तै, राष्ट्रिय मानवअधिकार आयोगको टोली पक्राउपछि नेतृ झाँक्रीलाई राखिएको मीनभवनस्थित नेपाल प्रहरीको अपराध अनुसन्धान विभागमा पुगेको छ ।

नेतृ झाँक्री पक्राउको विषयलाई बुझ्न खिमानन्द बस्याल र मञ्जु खतिवडासहितको टोली मीनभवनस्थित अपराध महाशाखाको कार्यालयमा पुगेको हो । किन पक्राउ गरिएको हो ? कुन अवस्थामा राखिएको छ ? जस्ता विषयमा बुझ्न टोली गएको आयोगका अधिकारीहरुले बताएका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस