सभामुखका तर्फबाट बहस सकियो, आइतबार निवेदकले जवाफी बहस गर्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सभामुखका तर्फबाट बहस सकियो, आइतबार निवेदकले जवाफी बहस गर्ने


२९ माघ २०७७, बिहिबार


काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बनधी मुद्धामा सभामुख अग्नी सापकोटाको तर्फबाट बहस सकिएको छ ।

कानुन व्यावसायि श्रीकृष्ण सुवेदी, श्याम कुमार खरेल र लव मैनालीले आज बिहिबार सभामुख सापकोटाको तर्फबाटसंवैधानीक इजलासमा प्रतिनिधिसभा विघटनमा बहस गरेका थिए।

सभामुख पक्षले संसदले प्रधानमन्त्रीलाई असहयोग नगरेको, संविधानमा बाध्यात्मकमात्रै विघटन भएको, बहुमतको प्रधानमन्त्रीले विघटन गर्न नपाउने, धारा ७४ संसदीय व्यवस्था मात्र होइन बहुलवादमा आधारित समेत भनिएको लगायतका तर्क गरेका थिए।

आइतबारदेखि निवेदक पक्षका वकिलले जवाफी बहस गर्नेछन्।

त्यसपछि एमिकस क्युरीले राय सुझाव प्रस्तुत गर्नेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस