बिहीबार थप ८१ जनामा कोरोना पुष्टि, १११ जना संक्रमणमुक्त « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बिहीबार थप ८१ जनामा कोरोना पुष्टि, १११ जना संक्रमणमुक्त


२९ माघ २०७७, बिहिबार


काठमाडौँ । नेपालमा थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ८१ जनामा कोरोना पुष्टि भएको हो। योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ७२ हजार ४३० पुगेको छ।

पछिल्लो २४ घण्टामा १११ जना कोरोना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । योसहित कोरोना संक्रमणमुक्त डिस्चाज हुनेको कुल संख्या २ लाख ६८ हजार ६६० पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २०५२ को मृत्यु भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस