नेकपा नेतृ झाँक्री पक्राउको विरोधमा गगन थापाको आक्रोस : सत्य को पक्षमा बोल्ने मुख त्रासले बन्द हुँदैन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेकपा नेतृ झाँक्री पक्राउको विरोधमा गगन थापाको आक्रोस : सत्य को पक्षमा बोल्ने मुख त्रासले बन्द हुँदैन


२९ माघ २०७७, बिहिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) दाहाल-नेपाल समूहकी नेत्री रामकुमारी झाँक्री पक्राउको कांग्रेस नेता गगन थापाले पक्राउको विरोध गरेका छन् ।

पूर्वमन्त्रीसमेत रहेका नेता थापाले सत्यको पक्षमा बोल्ने मुख सरकारले देखाएको त्रासले बन्द नहुने बताएका छन् । उनले नेतृ झाँक्रीको राज्य सत्तामा भएको अलोकतान्त्रीक विषयमा बोल्दा पक्राउ परेको विरोधमा सामाजिक संजालमा ट्वीट गर्दै लेखेका छन् : ‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति । सरकार झ्यालखानाको संख्या थप,किनकि सत्य को पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन,’

झाँक्रीलाई राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीबार उनको शंखमूलस्थित निवासबाटै पक्राउ गरेको छ । प्रहरीले झाँक्रीलाई राज्यविरुद्धको कसुरमा पक्राउ पुर्जी जारी गरि पक्राउ गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस