रामकुमारी झाँक्रीमाथि राज्यविरुद्धको अपराध अभियोगमा पक्राउ पूर्जी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रामकुमारी झाँक्रीमाथि राज्यविरुद्धको अपराध अभियोगमा पक्राउ पूर्जी


२९ माघ २०७७, बिहिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समुहकी नेतृ रामकुमारी झाँक्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै महानगरीय अपराध महाशाखाले सोधपुछका लागि बोलाएको थियो । तर झाँक्रीले पक्राउ पूर्जी ल्याउन भनेपछि महाशाखाले राज्यविरुद्धको कसुर अन्तरगत दफा ५८ को कसुरमा अनुसन्धानका लागि तत्काल पक्राउ गर्नु परेको भन्दै पूर्जी थमाइएको छ ।

नेतृ झाँक्रीलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी टोली बिहिबार उनको घरमा पुगेको थिए । नेतृ झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेपछि समर्थकहरुले नाराबाजी गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस