नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईँ « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईँ


२८ माघ २०७७, बुधबार


काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सन्तोष प्रसाईँ नियुक्त भएका छन् ।

कम्पनीको माघ २७ गते मंगलबार बसेको बैठकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत प्रसाईँलाई ४ वर्षको लागी सीईओमा नियुक्त गरेको हो । तत्कालीन सिइओ विवेक झा कार्यकाल सकेर बाहिरिएपछि प्रमुख कार्यकारी पद रिक्त थियो।

चार्टर्ड एकाउन्टेन्ट रहेका प्रसाईँसँग बिमा समितिमा काम गरेको अनुभव छ।

Tags :
प्रतिक्रिया दिनुहोस