बुधबार थप १३४ जनामा कोरोना पुष्टि, ११८ जना संक्रमणमुक्त « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बुधबार थप १३४ जनामा कोरोना पुष्टि, ११८ जना संक्रमणमुक्त


२८ माघ २०७७, बुधबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत चौबीस घन्टामा ३ हजार ५६७ पीसीआर परीक्षण भएकोमा १३४ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो। योससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ३ सय ४९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ११८ जना कोरोना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार ५ सय ४९ पुगेको छ।

मन्त्रालयका अनुसार नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि निधन भएको छैन।

यसैगरी देशभर हालसम्म ७२ जनाको आईसियुमा तथा १६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस