खड्गप्रसाद ओली कागजी बादशाह हुन्, अब ती ढलिसके : रामकुमारी झाँक्री « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

खड्गप्रसाद ओली कागजी बादशाह हुन्, अब ती ढलिसके : रामकुमारी झाँक्री


२८ माघ २०७७, बुधबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी ओली कागजी बादशाह भएको बताएकी छन्।

बुधबार नेकपा दाहाल-नेपाल समूहले काठमाडौँमा आयोजना गरेको विरोध सभामा बोल्दै झाँक्रीले यस्तो बताएकी हुन्।

नेतृ झाँक्रीले प्रधानमन्त्री ओली कागजको बादशाह भएको र उनी ढलिसकेको अन्तिम घोषणा गर्न मात्र बाँकी रहेको दाबी गरिन् । ‘आजको मानवसागरले भन्छ खड्गप्रसाद ओली कागजको बादशाह हुन् । ती ढलिसक । अब अन्तिम घोषणा गर्न बाँकी छ । जब बादशाह वा तानाशाहले आफ्नो कदलाई घटाउँदै राज्य सत्ताको दुरुपयोग गरेर कागजका अग्ला अग्ला प्रतिमा बनाउँछन् । ओलीले त्यहि गरेका छन् । यो अधोगति हो,’ उनले भनिन् ।

उनले अहिलेको यो लडाईं ओलीविरुद्धको मात्र नभई ओली प्रवृतिविरुद्ध भएको बताइन्। अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले अब ओली प्रवृति नदोहोरिने सुनिश्चितता गर्नुपर्ने उनको भनाइ छ।

नागरिकहरुको बलिदानबाट आएको व्यवस्थामा जनताको बोल्न पाउने अधिकार कसैले खोस्न नसक्ने झाँक्री बताइन्।

 

Tags :
प्रतिक्रिया दिनुहोस