२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनियमितता, घुसखोरी र बिचौलिया धन्दा रोक्न अख्तियारले द्रुत निगरानी र सूक्ष्म अनुसन्धान टोली खटाउँदै

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले सार्वजनिक क्षेत्रमा हुने अनियमितता, घुस खोरी, बिचौलिया धन्दा रोक्न सूक्ष्म निगरानी बढाउने बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औँ स्थापना दिवसको अवसरमा बुधवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले गलत कार्य एवं अनियमिततालाई कारबाहीको दायरामा लैजाने विषय आयोगको उच्च प्राथमिकतामा रहेको भन्दै सो कुरा बताएका हुन् ।

सम्बन्धित समाचार : राई अख्तियारको प्रमुख हुनुले भू माफिया र तिनका संरक्षकहरूको सातो गएको छ -पूर्व सचिव त्रिताल

‘सर्वसाधारण जनताले पाउनु पर्ने स्वास्थ्य सेवा, कृषि तथा पशु सेवा, कृषि अनुदान र मल खाद, नागरिकता तथा राहदानी, विभिन्न प्रकारका सिफारिस, सवारी चालक अनुमति पत्र, मालपोत तथा जग्गा रजिस्ट्रेसन, श्रम स्वीकृत पत्र लगायतका क्षेत्रमा हुने अनियमितता, घुस खोरी, बिचौलिया धन्दा रोक्न सूक्ष्म निगरानी बढाउने र गलत कार्य एवं अनियमिततालाई कारबाहीको दायरामा लैजाने विषय आयोगको उच्च प्राथमिकतामा रहने छ’ प्रमुख आयुक्त राईले भने, ‘यसका लागि आयोगले द्रुत निगरानी टोली र सूक्ष्म अनुसन्धान टोली खटाउने छ ।’

सेवा प्रवाह गर्ने निकायका अधिकारीलाई जिम्मेवार, जबाफदेही र उत्तरदायी बनाउन आयोगले आफ्नो तर्फबाट पहल गर्नेसमेत उनको भनाई थियो ।

विकास निर्माणका कार्यका सिलसिलामा लागत स्टमेटमा नै अनियमितता, बोलपत्र प्रक्रियामा नै हुने मिलेमतो, गुणस्तरहीन निर्माण कार्य, काम सम्पन्न नगरी हुने भुक्तानी, एउटै काममा दोहोरो–तेहरो खर्च लेख्ने, काम ढिलो गर्ने र लागत बढाउने तथा बढी भुक्तानी दाबी गर्ने, ठेक्का ओगट्ने र काम नगर्ने जस्ता अनेकन् प्रवृत्ति देखिएको प्रमुख आयुक्त राईले बताएका छन् । उनले भने ‘यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्न र यसमा हुने भ्रष्टाचार रोक्न आयोग क्रियाशील रहने छ ।’

प्रतिक्रिया दिनुहोस