२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचारलाई न्यूनीकरण गर्ने अभियानमा निर्भिक भएर कार्य क्षेत्रमा उत्रिन प्रदेश प्रमुखको आग्रह

अ+ अ-

बागमती । बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइँले अख्तियार अनुसन्धान आयोगका पदाधिकारलाई कसैको भय, त्रास र धम्कीबाट मुक्त भएर समाजमा बढ्दै गएको आर्थिक भ्रष्टाचारलाई न्यूनीकरण गर्ने अभियानमा निर्भिक भएर कार्य क्षेत्रमा उत्रिन आग्रह गरेका छन् ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाद्वारा आयोगको ३०औँ स्थापना दिवस कार्यक्रमको आज उद्घाटन गर्दै स्थानीय निकायका जनप्रतिनिधिलाई कानूनी ज्ञानको अभावले गर्दा विकासका पूर्वाधार निमार्णका क्रममा हुने अनियमित कार्यलाई तत्काल नियन्त्रण गर्न र जनतालाई दीगो लाभ पुग्ने योजना निमार्ण गर्न आग्रह गरे ।

प्रदेश प्रमुख प्रसाईँले प्रदेशमा सुशासन ल्याउन र जनतालाई भरोसा दिलाउन जनप्रतिनिधिले भ्रष्टाचार गर्दिन भन्ने भावनालाई जागृत गरेर अघि बढनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै राष्ट्रसेवक कर्मचारीले पनि सेवाग्राहीलाई सेवा दिने क्रममा यदाकदा घुस लिने गरेकोले आयोगका विशेषज्ञले पनि ती कार्यालयमा निगरानी राखेर भ्रष्टाचार न्यूनीकरण गर्न प्रयास थालिनुपर्ने बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का सचिव राधिका अर्यालले वाग्मती प्रदेशका विभिन्न जिल्लामा बेरुजु रकम फस्र्यौट गर्ने कार्यमा तीव्रता ल्याइएको र प्रदेश सरकारले स्थानीय निकाय तथा प्रशासनिक क्षेत्रबाट जनतालाई दिइने सेवामा चुस्त बनाउन र भ्रष्टाचारलाई नियन्त्रण गर्न आवश्यक निर्देशनसहित कानूनको दायरामा ल्याउन कदम चालिएको बताए ।

सो अवसरमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डण्डुराज घिमिरेले प्रदेशका विभिन्न जिल्लामा कार्यरत राष्ट्रसेवक कर्मचारीले आफूलाई हिनताको भावना त्यागी जनता र देशप्रति इमान्दारीपूर्वक सेवा गर्छु भनि भावना राखेर कार्य सम्पादन गर्दा भ्रष्टचार न्यूनीकरण हुने दृढता व्यक्त गरे ।

प्रदेश लोक सेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले वाग्मती प्रदेशका विभिन्न जिल्लामा अहिले एक हजार १०० विभिन्न तहका कर्मचारीको दरबन्दी रिक्त रहेकामा लोक सेवा आयोगले केही पदको विज्ञापन खुला गरी लिखित परीक्षा लिइसकेको उल्लेख गर्नुहँदै लोकसेवाको मापदण्डअनुरुप सबै कार्यालयले कर्मचारी पदपूर्ति गर्दा भ्रष्टाचार न्यूनीकरण हुने बताए ।

सो कार्यक्रममा नागरिक समाजका तर्फबाट अगुवा देवप्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, इन्द्रसरोवर गाउँपालकाका प्रशासकीय अधिकृत किरणनिधि तिवारी, हेटौँडा उपमहापालिकाका प्रशासकीय प्रमुख नवराज घिमिरे, उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता सन्देश श्रेष्ठ र अख्तियार अनुसन्धान आयोग मकवानपुरका निमित्त प्रमुख अखण्ड शर्माले समाजलाई अनुशासित् जवाफदेहीतर्फ क्रियाशील गराउन राजनीतिक नेतृत्वलाई पारदर्शी र निष्पक्ष बनाउन अभियानलाई तीव्रता ल्याउन सकेमात्र भ्रष्टाचारलाई क्रमश न्यूनीकरण गर्न मद्दत पुग्ने धारणा व्यक्त गरे ।

सो अवसरमा प्रदेश प्रमुख प्रसाइँले निबन्ध प्रतियोगितामा विजय नारायणी नमूना मावि चितवनका छात्रा शुभेक्षा लामालाई नगद रु १० हजारसहित प्रशंसापत्रसहित सम्मान गरे ।