काठमाडौँमा दाहाल-नेपाल समूहको शक्ति प्रदर्शन, अध्यक्षद्वयसहित शीर्ष नेताले सम्बोधन गर्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौँमा दाहाल-नेपाल समूहको शक्ति प्रदर्शन, अध्यक्षद्वयसहित शीर्ष नेताले सम्बोधन गर्दै


२८ माघ २०७७, बुधबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समुहले आज (बुधबार) काठमाडौँमा बृहत शक्ति प्रदर्शण गरेको छ ।

गत पुस ५ गते सरकारको प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध निरन्तर आन्दोलनरत दाहाल–नेपाल नेतृत्वको नेकपाले बुधबार काठमाडौँमा विरोध प्रदर्शन सुरु गरेको हो । आन्दोलनको तेस्रो चरणका कार्यक्रम घोषणा गरेको नेकपाले विरोध जुलुससहित सभा आयोजना गर्दै छ ।

पार्टीले उपत्यकाका विभिन्न पाँच स्थानबाट जुलुस निकालेको छ । पुलचोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, त्रिचन्द्र कलेजबाट निकालिएको जुलुसको नेतृत्व गर्न पार्टीले विभिन्न नेताहरूलाई कमान्डर तोकेको छ ।

सबैतिरका जुलुस भृकुटीपण्डप पुगी कोणसभामा परिणत हुनेछन् । सभालाई अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

त्यसबाहेक केन्द्रीय सदस्य अञ्जना विशंखे, अमृता थापा, भानुभक्त जोशी, महफुज अन्सारी, रामकुमारी झॉक्री, रामचन्द्र झा, सन्तकुमार चौधरी स्थायी कमिटी सदस्यहरु जनार्दन शर्मा, देव गरुङ, रघुजी पन्तले सम्बोधन गर्ने भएका छन् ।

दाहाल-नेकपा नेपाल समुह लगायत विभिन्न दल र सामाजिक अगुवाहरुले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई असंवैधानिक र अलोकतान्त्रिक रहेको भन्दै संसद पुनीर्थापनाको माग सहित विरोध कार्यक्रम गर्दै आएका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस