२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘खान नजान्दा खाना नै विष बन्छ’

अ+ अ-

पोखरा । स्वस्थ्य जीवनयापनका लागि प्राकृतिक जीवनशैली महत्वबारे पोखरामा प्राकृतिक स्वास्थ्यसम्बन्धी दुई दिने परामर्श गोष्ठी सम्पन्न भएको छ । रोफेका रिफ्लेक्सोलोजी र ऋषिकुल आयुर्वेद परामर्श केन्द्र पोखराको आयोजनामा प्राकृतिक जीवनशैलीसम्बन्धी कार्यक्रममा गब्यसिद्ध डा. नरेन्द्र हमालले प्रशिक्षण दिए ।

डा हमालले मानिसको व्यस्त जीवनशैलीमा आहार–विहारले पार्ने प्रभाव र आफ्नै भान्सादेखि वनजङ्गलमा सजिलै पाइने जडीबुटी र त्यसको प्रयोगले कसरी स्वस्थ्य जीवन जिउन सकिन्छ भन्नेबारे प्रष्टाए । उनले बिहान उठेदेखि बेलुका सुत्ने समयसम्म कस्ता खानेकुरा कुन समयमा खाने र कसरी खाने भन्ने विषयमा राम्रो जानकारी नहुँदा खाना नै विषजस्तै बन्दै गएको बताए ।

वैदिक शास्त्रमा उल्लेख भएका पूर्वजले अपनाएको प्रारब्ध जीवनशैली प्राकृतिक आहार-विहारको महत्वबारे प्रष्ट पार्दै डा. हमालले पछिल्लो समय अप्राकृतिक आहार-विहार, रसायनयुक्त खानपिन, विद्युतीय उपकरणको व्यापक प्रयोग र रासायनिक औषधिको दूष्प्रभावका कारण मानव शरीरमा पारेको प्रभावबारे जानकारी दिनुभयो । वैदिक गृहम् काठमाडौँका सञ्चालक श्री रवि चपागाईले अक्कल बिनाको नक्कल गर्दै जाँदा आफू र आफ्नो परिवारको स्वास्थ्यमाथि नै खेलबाड गरिरहेको बताए । आफ्नो शरीरबारे आफू स्वयंले ध्यान दिएर शुद्ध र स्वच्छ प्राकृतिक खानपानमा ध्यान दिन उनको आग्रह थियो ।

कार्यक्रमका सहभागीले दीर्घकालीन थाइराइड, मधुमेह, उच्च रक्तचाप, मोटोपनालगायत दीर्घ समस्याबारे जिज्ञासा राखेका थिए । सो कार्यक्रममा भान्सा, वनजङ्गल, खेतबारीमा हुने प्राकृतिक जडीबुटी र त्यसको प्रयोगबारे जानकारी गराइएको थियो । दुई दिनको प्रशिक्षणबाट प्राकृतिक जीवनशैलीका विविध पक्षबारे जानकारी लिन सफल भएको सहभागी पुष्पा पुनमगरले अनुभव सुनाए।

रिफ्लेक्सोलोजीका सञ्चालक वसन्त पौडेलले मानिस प्राकृतिकभन्दा पनि अप्राकृतिक खानपान र जीवनशैली अपनाउँदै जाँदा विभिन्न रोगको शिकार हुनुपरेको अवस्थालाई ध्यान दिएर स्वास्थ्य परामर्शको आयोजना गरिएको बताए । उनले अब वडा तहबाट नै प्राकृतिक भोजन र जीवनयापनबारे सचेतना फैलाउन आवश्यक रहेको औँल्याए । पौडेलका अनुसार कार्यक्रममा विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, युवा व्यवसायी, सामाजिक क्षेत्रका ४० क्रियाशील महिला तथा पुरुषको सहभागिता रहेको थियो ।