आन्तरिक राजस्व विभागको महानिर्देशकमा मैनाली « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आन्तरिक राजस्व विभागको महानिर्देशकमा मैनाली


२७ माघ २०७७, मंगलबार


काठमाडौँ । आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनालीलाई नियुक्त गर्ने तयारी रहेको बुझिएको छ ।

विभागको जिम्मेवारी दिई पठाउन सहमतिका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृति पछि उनले विभागको कार्यभार सम्हाल्ने ती स्रोतको भनाई छ । यसअघि महानिर्देशक रहेका विनोद बहादुर कुँवरको सरुवा भएसँगै रिक्त पदमा राजस्व अनुसन्धान विभागको महानिर्देशक रहेका मैनालीलाई पठाउने तयारी भईरहेको हो । तर निर्णय नै भई भने सकेको छैन ।

यसअघि पनि मैनालीले आन्तरिक राजश्व विभाग जान निकै प्रयास गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस