प्रधानमन्त्री कप ब्याडमिन्टन प्रतियोगिता बुधबारदेखि « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री कप ब्याडमिन्टन प्रतियोगिता बुधबारदेखि


२७ माघ २०७७, मंगलबार


चितवन । चितवन जिल्ला ब्याडमिन्टन सङ्घ र हरिलाला धर्मदेवी मेमोरियल ट्रष्टको संयुक्त आयोजनामा योनेक्स सन्राइज प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुधबारदेखि फागुन १ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।

चितवन जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष भरत मल्लका अनुसार प्रतियोगितामा देशभरका ३०० खेलाडीहरू आठ विधाका लागि सहभागी हुने छन् । भरतपुरको कभडहलमा हुने प्रतियोगितामा प्रथम हनेलाई रु एक लाख १५ हजार, दोस्रो हुनेलाई रु ५५ हजार र तेस्रो हुनेलाई रु १५ हजार नगद, ट्रफी र सम्मानपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा १७ वर्षदेखि ४५ वर्ष उमेर समूहका खेलाडीले सहभागिता जनाउँदै छन् । राष्ट्रियस्तरका खेलाडीको समेत सहभागिता जनाउने मल्लले जानकारी दिए ।

प्रतियोगिताको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रतियोगिता सम्पन्न गर्न रु आठ लाख १९ हजार खर्च लाग्ने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस