निर्वाचन आयोगबाट बाहिरिएका प्रधानमन्त्री ओली सिधै शीतलनिवासमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

निर्वाचन आयोगबाट बाहिरिएका प्रधानमन्त्री ओली सिधै शीतलनिवासमा


२७ माघ २०७७, मंगलबार


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।

आज (मंगलबार) निर्वाचन आयोगमा एक घण्टा छलफल गरेर बाहिरिएका प्रधानमन्त्री सिधै राष्ट्रपति निवास पुगेका हुन् ।

सुरक्षा स्रोतका अनुसार प्रधानमन्त्री ओली दिउँसो १ बजे राष्ट्रपति निवास छिरेका हुन् । निर्वाचन आयोगमा प्रधानमन्त्री ओलीले निवार्चनको तयारीबारे जानकारी लिएका थिए । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले निर्वाचनको तयारी निरन्तर अगाडि बढाउन आयोगसँग आग्रह गरेको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाख १७ र २७ गते नयाँ निर्वाचनको मिति घोषणा गरेका छन् । यता प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल पक्ष, प्रतिपक्षी नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) लगायत नागरिक समाजले आन्दोलन गर्दै आएका छन् । भोलि (बुधबार) नेकपाले काठमाडौँमा प्रदर्शन गर्दैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस