नेकपा दाहाल-नेपाल समूहको सचिवालय बैठक बस्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेकपा दाहाल-नेपाल समूहको सचिवालय बैठक बस्दै


२७ माघ २०७७, मंगलबार


काठमाडौं । नेपाल कम्युष्टि पार्टी दाहाल-नेपाल समूहको सचिवालय बैठक पेरिसडाँडामा बस्दैछ ।

प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरण अन्तर्गत भोलि (माग २८) गते हुने जनप्रदर्शनबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको नकपा दाहाल-नेपाल समुहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठक केहीबेर पछि बस्ने उनले बताए ।

गत पुस ५ गते सरकारको सिफारीसमा राष्ट्रपति विद्यादेवि भण्डारीद्वारा गरिएको प्रतिनिधिसभा विघटन अलोकतान्त्रीक र असंवैधानिक भएको भन्दै पुनर्स्थापनाको मागसहित तेस्रो चरणको आन्दोलनमा रहेको यो समूहले भोलिको जनप्रदर्शनलाई सशक्त बनाउने तयारी गरेको छ ।

जनप्रदर्शनमा राजधानी उपत्यका र बागमती प्रदेशलाई बढी जोड दिएर देशभरबाट प्रतिनिधिमुलुक सहभागिता गराउने तयारी गरेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस