प्रतितोला १५ सय रुपैयाँले बढ्यो सुनको मुल्य, यस्तो छ आजको भाउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रतितोला १५ सय रुपैयाँले बढ्यो सुनको मुल्य, यस्तो छ आजको भाउ


२७ माघ २०७७, मंगलबार


काठमाडौँ । नेपाली बजारमा सुनको मुल्य आज (मंगलबार) प्रतितोला १५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य मंगलबार प्रतितोला मूल्य ९१ हजार ९ सय रुपैयाँ कायम गरिएको छ ।

आजका लागि तेजावी सुनको प्रतितोला मूल्य ९१ हजार ४ सय रुपैयाँ कायम गरिएको छ ।

यस्तै मंगलबार चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । सोमबार १ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य मंगलबारका लागि १ हजार ३४० रुपैयाँ कायम गरिएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस