स्रोत नखुलेको करिब २२ लाख रुपैयाँसहित एक जना पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

स्रोत नखुलेको करिब २२ लाख रुपैयाँसहित एक जना पक्राउ


२६ माघ २०७७, सोमबार


पक्राउ

रौतहट । रौतहटबाट स्रोत नखुलेको करिब २२ लाख रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गौर नगरपालिका-१ जिँगडवा वेलविछुवाका २७ वर्षीय मोहमद दिलसाद आलम रहेका छन् । उनलाई सोमबार सोही नगरपालिका-४ बसपार्क नजिकैको सडकबाट प्रहरीले पक्राउ गरेको हो ।

स्कुटरमा सवार आलमको साथबाट २१ लाख ९० हजार रुपैयाँ बरामद भएको रौतहटका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए । उनको साथबाट मोहमद दिलसाद आलमको नाममा ३१ लाख १६ हजार उल्लेख भएको चेकसमेत बरामद भएको श्रेष्ठले बताए ।

पक्राउ परेका आलमलाई सम्पत्ति शुद्धीकरण विभागमा आवश्यक कारबाहीका लागि पठाइएको श्रेषठले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस