केटु हिमाल आरोही टोलीलाई पोखरामा भव्य स्वागत « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

केटु हिमाल आरोही टोलीलाई पोखरामा भव्य स्वागत


२६ माघ २०७७, सोमबार


पोखरा । हिउँदमा विश्वकै दोस्रो सर्वोच्च शिखर केटुको सफल आरोहण गर्ने १० कीर्तिमानी पर्वतारोहीको टोलीलाई आज (सोमबार) पोखरामा भव्य रुपमा स्वागत गरेका छन् । पोखराका पर्यटन व्यवसायीको साझा संस्था पोखरा पर्यटन परिषद्को आयोजनामा यहाँका नागरिकले आरोही टोलीको भव्य स्वागत गरे ।

आरोहीको टोलीलाई पोखरा विमानस्थलमा बाजागाजासहित स्वागत गरेर बजार परिक्रमा गराइएको छ । विमानस्थलबाट पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, सभागृहचोक, सिर्जनाचोक, जिरो किलोमिटर हुँदै लेकसाइड परिक्रमा गराइएको थियो । टोलीलाई ठाउँ–ठाउँमा पुष्पगुच्छाले स्वागत गरेका थिए ।

परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराइले यो नेपालको शिर उचो बनाउने निकै गर्विलो क्षण भएको बताए । अभिनन्दन कार्यक्रमका संयोजक ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष सुशीलराज पौडेलले निकै चुनौतीपूर्ण रहेको केटु हिमालको सफल आरोहरणले नेपालको नामलाई विश्वमा चिनाउन सफल भएको बताए ।

पाकिस्तानमा रहेको केटु हिमाल (८६११ मिट) नेपालका १० जना पर्वतारोहीले माघ ३ गते शनिबार आरोहरण गरेर इतिहास रचेका थिए । उक्त हिमालमा यसअघि हिउँदको समयमा कोही आरोही पुग्न सकेको थिएनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस