पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु


२६ माघ २०७७, सोमबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सोमबार पछिल्लो २४ घण्टामा १३० जनामा कोरोना पुष्टि भएको हो। योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ७२ हजार ५५ पुगेको छ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा १९४ जना कोरोना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। योसहित कोरोनाबाट संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ६८ हजार २६६ पुगेको छ।

यस्तै, आज कोरोना भाक्ष्रस संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार ४५ पुगेको छ।

 

Tags :
प्रतिक्रिया दिनुहोस