सोमबारदेखि सञ्चारकर्मीलाई खोप लगाउने निर्णय « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सोमबारदेखि सञ्चारकर्मीलाई खोप लगाउने निर्णय


२५ माघ २०७७, आइतबार


काठमाडौँ । सरकारले भोली (सोमबार) देखि सञ्चारकर्मीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अग्रभागमा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुलाई भोलिदेखि खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सहमति गरिएको जानकारी दिए ।

काठमाडौँको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा खोप लगाउने व्यवस्था मिलाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भोलिदेखि ५ दिनका लागि अग्रपंक्रिमा रहेर काम गर्ने सञ्चारकर्मीका लागि खोप अभियान सुरु गर्न निर्णय भएको हो ।

मन्त्री गुरुङले जोखिममा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुलाई सरकारले उच्च प्राथमिकता दिएर निःशुल्क खोप लगाउने व्यवस्था गरेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस