देशभर थप ११९ जनामा कोरोना पुष्टि, २६० जना संक्रमणमुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

देशभर थप ११९ जनामा कोरोना पुष्टि, २६० जना संक्रमणमुक्त


२५ माघ २०७७, आइतबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ११९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा २२५१ नमुना परिक्षण भएकोमा आज (आइतबार) ११९ जनामा कोरोना देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै हालसम्म कोरोना भाइरस संक्रमण हुनेको संख्या २ लाख ७१ हजार ९२५ जना पुगेको छ ।

त्यस्तै आज २६० जना संक्रमित कोरोना भाइरस संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । हाल सम्म कोरोना भाइरस संक्रमणमुक्त भई जिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार ७२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा गत २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ३८ पुगेको छ।

हाल देशभर १ हजार ८ सय १५ जना सक्रिय संक्रमित रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस