प्रतिनिधिसभा विघटन मुद्धा : बहस गर्न सरकारी वकिललाई १५ मिनेट समय « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रतिनिधिसभा विघटन मुद्धा : बहस गर्न सरकारी वकिललाई १५ मिनेट समय


२५ माघ २०७७, आइतबार


काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध दायर मुद्धामाथि संवैधानिक इजलासमा आजको बहस सुरु भएको छ । माघ १९ गतेदेखि सरकारी वकिलहरुले सरकारको पक्षमा बहस गर्दै आएका छन् ।

सरकारी वकिलहरुलाई बहस गर्न आजबाट १५ मिनेटको समय निर्धारण गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले १५ मिनेट समय निर्धारण गरिएको सुरुमै स्मरण गराएका हुन्।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै बैशाख १७ र २७ गते मध्यावधी निर्वाचन घोषण गरेकी थिइन् । सरकारको उक्त निर्णय अलोकतान्त्रीक र असंवैधानिक भएको दाबीसहित सर्वौच्च अदालतमा १३ वटा रिट दायर भएको छ ।

संसद विघटन संवैधानिक वा असंवैधानिक भन्ने विषयमा केन्द्रित भएर माघ ४ गतेदेखि संवैधानिक इजलासमा बहस सुरु भएको थियो । रिट निवेदकका तर्फबाट झण्डै ७० जनाले बहस गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस