बढ्यो सुनचाँदीको मूल्य, तोलाको पुग्यो कति ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बढ्यो सुनचाँदीको मूल्य, तोलाको पुग्यो कति ?


२५ माघ २०७७, आइतबार


काठमाडौँ । नेपाली बजारमा आज (आइतवार) सुनचाँदीको मूल्य बृद्धि भएको छ । शुक्रवार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार रहेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६०० रुपैँयाले बढेर ९० हजार ६०० मा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १ सय ५० कायम गरिएको छ । आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।

शुक्रवार प्रतितोला चाँदीको मूल्य १२ सय ९० रहेको थियो भने आज मूल्य बृद्धि भई प्रतितोला चाँदी १३ सय १० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस