१३ हजार नेपाली नक्कली नोटसहित २ जना भारतीय नागरिक पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

१३ हजार नेपाली नक्कली नोटसहित २ जना भारतीय नागरिक पक्राउ


२४ माघ २०७७, शनिबार


पक्राउ

महोत्तरी । महोत्तरीबाट नेपाली नक्कली नोटसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत सितामढी ग्राम पञ्चायत नरगा लक्ष्मीपुर-२ बस्ने ३५ वर्षीय साबिर अञ्सारी र भारत सितामढी ग्राम पठनपुर-१४ बस्ने ४२ वर्षीय जियाउल अञ्सारी रहेका छन्।

जलेश्वर नगरपालिका-१ स्थित सडकबाट ५ सय दरका २७ थान गरी जम्मा १३ हजार ५ सय नक्कली नेपाली नोटसहित उनीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

बिआर३०भी ९५३० नम्बरको मोटरसाइकललाई दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र अस्थायी प्रहरी पोष्ट नगरपालिकाबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा नक्कली नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट नेपाली नगद १६ हजार रुपैयाँ र दुई थान मोबाइलसमेत प्रहरीले बरामद गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस