काठमाडौँमा वर्षा भएसँगै फुल्चोकी र चन्द्रागिरी डाँडामा हिउँ पर्‍यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँमा वर्षा भएसँगै फुल्चोकी र चन्द्रागिरी डाँडामा हिउँ पर्‍यो


२४ माघ २०७७, शनिबार


काठमाडौँ । काठमाडौँ हल्का वर्षाभएसँगै फुल्चोकी र चन्द्रागिरी डाँडामा हिउँ परेको छ । आज बिहानदेखि बढेको चिसोका कारण काठमाडौँ उपत्यका आसपासका डाँडामा सामान्य हिमपात भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै दामनमा पनि हिउँ परेको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज चिसो बढेको छ । महाशाखाका अनुसार अहिले काठमाडौँ उपत्यकासहित वाग्मती, गण्डकी र प्रदेश एकका थोरै ठाउँमा पानी परेको छ । यस्तै देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात भइरहेको महाशाखाका मौसमविद् निराजन सापकोटाले जानकारी दिए ।

आजराति पनि केहि ठाउँमा सामान्य वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्ने अनुमान छ । भोलीदेखि भने मौसममा सुधार आउने महाशाखाका मौसमविद् सापकोटाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस