शनिबार थप ९९ जनामा कोरोना पुष्टि, २४८ जना संक्रमणमुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

शनिबार थप ९९ जनामा कोरोना पुष्टि, २४८ जना संक्रमणमुक्त


२४ माघ २०७७, शनिबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै देशभर कोरोना संक्रमतिको कुल संख्या दुई लाख ७१ हजार ८०६ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा २४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६७ हजार ८१२ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु पुष्टि भएको छैन । कोरोना संक्रमण उच्च विन्दुमा पुगेयता मृत्यु शून्य भएको यो तेस्रोपटक हो । कोरोनाका कारण देशभर हालसम्म दुई हजार ३५ जनाको मृत्यु भइसकेको छ ।

हाल देशभर एक हजार ९५९ जना आइसोलेसनमा छन् भने ९५ जना क्वारेन्टिनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस