२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जग्गा दर्ता हुने आशामा स्थानीयवासी

अ+ अ-

सुदूरपश्चिम । तीन दशकदेखि ऐलानी जग्गामा बसोवास गर्दै आएका धनगढी उपमहानगरपालिका–१३ का जागुराम चौधरी पुर्जा उपलब्ध हुने भन्दै खुशी छन् । उनले आफूले चर्चेको जग्गा दर्ताका लागि यसअघि पटकपटक गठन भएका सुकुम्बासी समस्या समाधान आयोगमा निवेदन दिए । अहिलेसम्म धनीपुर्जा बन्न सकेको छैन ।

पछिल्लो पटक भूमिसम्बन्धी समस्या समाधान आयोग र नगरपालिका कार्यालयको संयुक्त पहलमा ऐलानी तथा पर्ति जग्गामा बसेका अव्यवस्थित बसोवासीको लगत सङ्कलन कार्य भइरहँदा भने धनीपुर्जा पाउने आशा उनमा जागेको हो । ‘तीस वर्षदेखि बसेका छौँ, कुनै सरकारले चासो लिएन’, उनले भने, ‘स्थानीय निकायबाट लगत सङ्कलनको काम भइरहकोले अहिलेको भूमि आयोगले भने धनीपुर्जा दिने विश्वास भने जागेको छ ।’

स्थानीयवासी मीनबहादुर कुँवर अहिले स्थानीय सरकारलाई अधिकार दिइएकोे अवस्थामा दशकौँदेखि ऐलानी जग्गामा बसोबास गरेका परिवारमा आफ्नो भोगचलनको आधारमा जग्गाको धनीपुर्जा पाउने विश्वास जागेको बताउछन् । ‘शहरी क्षेत्रमा रहेका नगर विकास समितिले अहिलेसम्म बजार आसपासको ऐलानी जग्गा दर्ता गर्ने गरेर कमाइ गर्ने माध्यम मात्र बनाए’, उनले भने, ‘शहरी क्षेत्रकै ग्रामीण वडालगायतका बस्तीमा पुर्जा दिने पहल नहुँदा बसोबास गर्दै आएकाहरु जग्गा दर्ता हुनबाट वञ्चित हुनुपरेको अवस्था छ ।’

बाइस वर्षअघि धनगढीको फूलबारीमा एक कट्ठा ऐलानी जग्गामा बसोबास गरिरहेका फूलराम चौधरीको जग्गा अर्कै व्यक्तिको नाममा परेपछि उनी अन्योलमा छन् । तत्कालीन सुकुम्बासी समस्या समाधान आयोगको टोलीले फूलरामले खरिद गरेर भोगचलन गर्दै आएको जग्गा कित्ताकाट गरेर अर्कै व्यक्तिको नाममा परेको जानकारी भएपछि उनी अहिले अन्योलमा परेका हुन् ।

‘ ८० हजारमा त्यतिबेला जग्गा किन्दा तमसुक लेखिएको थियो’, उनले भने, ‘आफूलाई जग्गा बेच्नेलाई अरू ठाउँमा भए पनि जग्गा दिन आग्रह गरेको छु, उनले जग्गा दिन नमानेमा आफू समस्यामा पर्छु ।’ वास्तविक भूमिहीनलाई जग्गा खोजेर बसोबास गराउने र ऐलानी तथा पर्ति जग्गामा बसेकालाई उनीहरुले चर्चेको जग्गाको पुर्जा दिन सकेमा मात्र घरघरमा सिंहदरबार आएको अनुभूति हुने कतिपयको भनाइ छ ।

राजश्व जुटाउने चिन्ता

ऐलानी जग्गामा वर्षौदेखि बसोबास गरिरहेकाहरु जग्गा दर्ता हुनेमा खुशी देखिए पनि दर्ता गर्दा लिइने राजश्व रकम कसरी जुटाउने भन्ने चिन्तामा छन् । जग्गाको मूल्याङ्कनका आधारमा राजश्व रकम लिने मापदण्ड बनाइएको छ ।

‘मूल्याङ्कनको आठ देखि २०० प्रतिशतसम्म राजश्व रकम लिएर जग्गा दर्ता गरिदिने कुरा सुुनिएको छ’, स्थानीय रामबहादुर चौधरीले भने, ‘यति धेरै राजश्व रकम जुटाउन नसक्ने ग्रामीण बस्तीका बासिन्दाले चिन्ता व्यक्त गरिरहेका छन् ।’ गरिबीका कारण नम्बरी जग्गा खरिद गर्न नसकेर ऐलानीमा बस्दै आएकालाई पुर्जा दिने नाममा आयोगले कमाउने माध्यम बनाउन नहुने चौधरी बताउछन् ।

भूमिहीन दलित र भूमिहीन सुकुम्बासीका लागि रातो रङ्गको र अव्यवस्थित बसोवासीका लागि सेतो रङ्गको फाराम भर्न लगाएर लगत सङ्कलनको काम भइरहेको छ । लगत सङ्कलन गर्न उपमहानगरपालिकामा स्थापना भएको एकाइ कार्यालयका प्रमुख बागेश्वरदत्त ओझाले ३५दिने सूचना प्रकाशित गरी लगत सङ्कलन कार्य भइरहेको बताए ।

‘बनाइएको कार्यविधिअनुसार आउने असार महिनाभित्रै नापनक्सा गरिसक्नु पर्ने भन्ने छ’, ओझाले भने, ‘लगत सङ्कलन र नापनक्सा भइसकेपछि यसको प्रविष्टि तयार पारेर केन्द्रमा पठाउन भनिएको छ ।’ आयोगले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको समस्या समाधानका लागि पालिकाहरुसँग सम्झौता गरिरहेको जनाइएको छ । स्थानीय पालिकाका प्रमुखको संयोजकत्वमा एक सहजीकरण समिति गठनको व्यवस्था गरिएको छ ।

कैलालीमा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोवासी ठूलो सङ्ख्यामा छन् । ऐलानी जग्गामा बसेको दशकौँ भए पनि उसको नाममा जग्गा दर्ता हुन सकेको छैन । यस्तो जग्गामा बसोबास गर्ने परिवारलाई बिजुली, पानी, सडकलगायतको सेवा सुविधा भने सरकारी निकायबाट उपलब्ध भइरहेको छ ।